३१ भाद्र २०८१, सोमबार

तीज गीत ‘रहरैमा…’ चर्चामा



धनगढी/ जापानमा बस्ने नेपालीले ल्याएको तीज गीत ‘रहरैमा…’ यति बेला चर्चामा रहेको छ ।

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गरेर जापानमा बस्ने नेपालीहरूले ल्याएको तिज गीत रहरैमा यति बेला सबैको मन मस्तिष्कमा बस्दै चर्चामा रहन सफल भएको हो ।

पछिल्लो समय तिजको छेको पारेर भड्किला गीतहरू आइरहेको समयमा तेजेन्द्र भण्डारीको प्रस्तुति रहेको तीज गीत रहरैमा भने नेपालीपन सुहाउँदो उत्कृष्ट प्रस्तुति आएको हो । उक्त गीतलाई रमेश निर्दोष र सुनिता बुढा क्षेत्रीले आवाज भरेका छन् ।

जापानमा बस्ने नेपाली छोरी अनि जापानी बुहारी विभिन्न सामाजिक कार्यहरूमा सक्रिय कल्पना क्षेत्रीले यही गीत मार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छन् । सामाजिक कार्यमा लागिरहेकी कल्पना तिजसँग नेपाली नारीहरूको भावना जोडिएको कारण आफू तीज गीत मार्फत नै मोडलिङमा प्रवेश गरेको बताइन । कल्पनाका अलावा म्युजिक भिडियोमा राज श्रेष्ठ, तुलसा सापकोटा, अविरल अधिकारी, इन्दिरा केसी र कृष्ण सापकोटाले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार