३१ भाद्र २०८१, सोमबार

पुराना राजनीतिज्ञ कुँवर कांग्रेसमै फर्किए




धनगढी/ अछामबाट २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य पदमा निर्वाचित भएका पुराना राजनीतिज्ञ विजय कुँवर फेरि नेपाली कांग्रेसमै फर्किएका छन् ।

हाल कैलालीको गोदावरी – ४ मा बसोबास गरिरहेका कुँवर २०६५ सालतिर एमाले भएका थिए । एमाले हुँदा उनी राष्टिय योजना आयोगका सदस्य पनि भएका थिए ।

लामो समय एमालेमै रहेका कुँवर एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा सक्रिय भएर गतवर्ष सो पार्टी पनि छोडेका थिए ।

विद्यार्थी कालमा कम्युनिष्ट राजनीतिमा लागेका कुँवरका बुवा दिलबहादुर बुढथापा २०१५ सालमा अछाम क्षेत्रबाट कांग्रेसको उम्मेदवारका रुपमा विजयी भएका थिए ।

दिलबहादुरका जेठा छोरा बलबहादुर कुँवर ०४८ सालमा कांग्रेसबाटै प्रतिनिधि सभा सदस्य र पछि श्रीलंकाको राजदूत पनि भएका थिए ।

नेता विजय कुँवरले श्रावण १४ गते काँग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिएका हुन।

उनको सदस्यताको अभिलेखमा राख्न कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला कार्य समितिलाई पत्र समेत पठाएको बताइएको छ ।

गैरसरकारी क्षेत्रमा समेत राम्रो अनुभव सम्हालेका कुँवर विभिन्न सञ्चार माध्याममा आर्थिक लगायतका समसामयिक विषयमा कलम चलाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार