१८ बैशाख २०८१, मंगलवार

कथा हुन् कथा हैननको जर्मनीमा लोकार्पण



(स्टुटगार्ट) जर्मनी / नेपाली नयाँ वर्षको अवसर पारेर वैशाख १ गतोका दिन एनएफसी स्टुटगार्टले आयोजना गरेको नयाँ वर्ष शुभकामना आदाप्रदान कार्यक्रमकैबीच रमण जैसेरीको ‘कथा हुन कथा हैनन्’को लोकार्पण भएको छ ।

पुस्तकको अनावरण क्लबका अध्यक्ष डा. पवन कुमार थापाले गरेका थिए । शब्दमिडिया प्रालीले नयाँ वर्ष २०८१ सँगै बजारमा ल्याएको कथा संग्रहमा १३ वटा कथा समावेश छन् । समाज र सम्बन्धका विभिन्न आयामहरुलाई विषय बनाएर लेखिएका यथार्थपरक कथाहरुमा सुदूरपश्चिमदेखि जर्मनीसम्मका विभिन्न परिवेशहरु समेटिएका छन् ।

करीब डेढ दशक देखि कथा, निवन्ध र गजलहरुमा कलम चलाउने जैसेरीले संग्रहको प्रथम पाण्डुलीपी करिब सात वर्षअघि सकेका थिए । सन् २००५ तिर आउँदा यो सहरमा नेपाली आउँलामा गन्न सकिने संंख्यामा थिए । एउटाकोमा तिहुन पाक्दा अर्कोले भात पकाउँथ्यो । जर्मनीका अन्य ठूला सहरमा नेपाली छन् भन्दा कस्तो कस्तो लाग्थ्यो । अब हामी कबवेब जस्तो सांगितिक समूहलाई बोलाउन सक्ने भएका छौँ । र आज यसरी नयाँ वर्षको कार्यक्रममा पनि यत्रो जमात भेला हुन पुगेको छ ।

थापाले किताव विमोचन पूर्व कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै क्लबका कामहरु र क्लबले पाएको साथको प्रशंसामा बोलेका थिए । ‘त्यो पनि एक समय थियो । आज यो पुस्तक लोकार्पण गर्दाको पनि एक समय हो । भोलिका दिनमा अझै हामी बाक्लििँदै नै जाऔँला ।

स्वावलम्बन ब्वाइज र ८५८६ जस्ता स्थानीय सांगितिक समूहको प्रस्तुती समेत रहेको कार्यक्रममा १०० जना बढि सहभागीहरु उपस्थित थिए । विभिन्न नृत्य, गायन र खानपान सहितको कार्यक्रममा लोकार्पण पश्चात पुस्तक हस्ताक्षर र वितरण पनि सम्पन्न भएको थियो ।

तस्बिरहरु : अगम राई/ मञ्जिल श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार