१५ बैशाख २०८१, शनिबार

‘बिषाणु ऋ’ उपन्यास सिड्नी मा लोकार्पित




सिड्नी/ सिड्नीमा बिगत पाँच वर्षदेखि बसोबास गर्दै अध्ययन गरिरहेकी प्रज्ञा पनेरुको पहिलो उपन्यास “बिषाणु ऋ” को सिड्नीमा हिजो २५ फेब्रुअरी , २०२४ मा , म्याक्स वेबर पुस्तकालय, ब्ल्याकटाउनमा लोकार्पण भएको छ । ब्ल्याकटाउन सिटि काउन्सिलले सहयोग गरेको सो कार्यक्रम मा लेखक प्रज्ञा पनेरु, गजलकार ज्ञानुवाकर पौडेल र त्रिभुवन विश्वविद्यालय नेपाली भाषाकि प्राध्यापक गार्गी शर्मा ले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरिएको थियो ।

“बिषाणु ऋ “भित्र रहेका वियबस्तु माथि केन्द्रित भएर लेखक प्रज्ञा पनेरुसंग लेखक सानु घिमिरेले आधि घण्टा लामो पुस्तक वार्ता गरेको थिईन्, जसमा पुस्तक भित्रका बिभिन्न घटनाक्रमहरु , लैगिंक चेतका कुराहरु र समग्रमा लेखकको भनाइ र दृस्टीकोण प्रस्तुत भएको थियो ।

पुस्तकमाथि टिप्पणी गर्दै लेखक तथा समालोचक सुरेन्द्र दवाडीले यो पुस्तक उत्तर आधुनिकीकरणको उत्कृस्ट नमुना भएको बताउँदै पुस्तक भित्र प्रस्तुत भएको मनोबैज्ञानिक पक्ष , साइकोथेरापीको प्रयोगदेखि नेपाली चर्चित साहित्यकार पारिजातको लोकप्रिय उपन्यास “शिरिषको फूल” को पात्रलाई पुनर्लेखन गरि लेखिएको भागलाई मुक्तकण्ठले प्रशंशा गरेका थिए ।

सिड्नीका अधिकांश लेखक तथा साहित्यप्रेमी उपस्थित भएको सो कार्यक्रममा अन्तरास्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) अस्ट्रेलियाकी निवर्तमान अधक्ष्य ममता तिवारी , अस्ट्रेलियन भुटानी एसोसिएसनका सल्लाहकार तथा भुटान टु ब्ल्याकटाउन पुस्तकका लेखक ओम ढुंगेल , गजलकार ज्ञानुवाकर पौडेल तथा पूर्व प्राध्यापक गार्गी शर्माले लेखक प्रज्ञा पनेरु तथा उनको कृति बिषाणु ऋलाइ शुभकामना दिनु भएको थियो ।

सभापति , प्रमुख अतिथी र बिशेष अतिथी बिना अर्ध औपचारिक रुपमा आयोजना गरिएको सो कार्यक्रमलाइ नारिनिकुंज अस्ट्रेलियाकी पूर्व अध्यक्ष तथा लेखक प्रतिज्ञा अधिकारीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार