१५ बैशाख २०८१, शनिबार

साहित्यकार, पूर्व प्रधानमन्त्री चन्दको नागरिक अभिनन्दन




धनगढी/ पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई बिहीबार धनगढीमा नागरिक अभिनन्दन गरिएको छ ।

उनको ८५ औं जन्मोत्सवको अवसर पारेर धनगढीमा एक समारोहको आयोजना गरी नागरिक अभिनन्दन गरिएको हो । उनले नेपालको राजनीति र साहित्यमा पुगाएको योगदानको कदर गर्दै अभिनन्दन गरेको नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ ।

समारोहमा विभिन्न साहित्यकारहरुले पूर्व प्रधानमन्त्री चन्दको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए । उनलाई धनगढीमा रथयात्रा पनि गराइएको थियो ।

शिष्ट राजनीतिज्ञ र सालिन साहित्यकारको परिचय बनाएका चन्दको जन्म विक्रम सम्वत १९९६ मा फागुन ३ गते बैतडीको कुरकुटिया गाउँमा भएको थियो ।

२०२५ सालबाट औंपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका उनी २०४०, २०४६, २०५३ र २०५८ मा गरेर चार पटक नेपालको प्रधानमन्त्री हुनुभयो । चन्द राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध छन् ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार