१२ श्रावण २०८१, शनिबार

मदिरा, सूर्तीजन्य पदार्थसंगै ड्रग नियन्त्रण गर्ने राष्ट्रिय नीति हुनुपर्छ



धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मदिरा, सूर्तीजन्य पदार्थसंगै ड्रग नियन्त्रण गर्ने राष्ट्रिय नीति हुनुपर्ने बताएका छन् । सोमबार धनगढीमा आयोजित सूर्ती तथा मदिराको नियमन र नियन्त्रण सम्बन्धी आगामी कार्ययोजना विषयमा भएको छलफल कार्यक्रममा बोल्दै प्रमुख हमालले यस्तो बताएका हुन् ।

धनगढीका नगरप्रमुख गोपाल हमालले उपमहानगरनगरपालिकाले ठूला र नसर्ने रोगीलाई उपचार सहायता दिएको विवरण हेर्दा स्वास्थ्य बिग्रेर उपचार गर्दै गर्दा सम्पन्न मानिसहरू पनि गरिबीको रेखामूनि झरको बताए । उनले अब विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले मदिरा, सूर्तीजन्य पदार्थसंगै लागूऔषध नियन्त्रणको कार्ययोजना ल्याउनुपर्छ यो देशको कन्द्रीय नीति हुनुपर्ने बताए ।

यसअघि नगरभरीबाट मदिराजन्य पदार्थको होर्डिङ बोर्ड हटाएको उपमहानगरले अब कार्ययोजना बनाएर सूर्तीजन्य र मदिराजन्य फदार्थको बिक्रीलाई नियमन गर्न लागेको छ । सोमबार धनगढीमा आयोजित कार्यत्रममा सरोकारबालाहरूले पनि मदिरा, सूर्ती र लागूऔषधलाई नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन् ।

मदिरा र सूर्तीको ब्यापार र राजश्व भन्दा मानिसको स्वास्थ्य बचाउन बढी लगानी गर्नु परेकाले संसारबाटै मदिरा र सूर्तीको ब्यापारलाई निरुत्साहित गर्नुपर्ने दिगो विकास लक्ष्य छ ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि निलम अधिकारीले दक्षिण एशीयामा नै नेपाल मदिराको उदयमान बजार भएको, सन् २०१३ को तुलनामा २०२२ मा पुग्दा मदिरा सेवन गर्नेमा पुरुष भन्दा महिलाको प्रतिशत बढेको, मिडियामा आउने विज्ञापन र खेलकूद मेला कन्सर्टमा गरिने मदिरा प्रवर्द्धनले युवालाई मदिरा सेवनमा प्रेरित गरेको जानकारी दिए । उनले विश्व स्वास्थ्य संगठनले मदिरा सम्बन्धी हानी कम गर्ने रणनीतिहरूमा उत्पादन कम गर्ने, विज्ञापन गर्न रोक्ने र कर बढाउने रहेकाले स्थानीय सरकारहरू सक्रीय हुनुपर्ने सुझाव दिए ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालमा अध्यक्ष ज्योति बानियाँले मदिराको बिक्री वितरण खाद्यान्न जस्तो हुनु हुँदैन भन्ने मान्यता रहेकाले यसको प्रवर्द्धन रोक्नु पर्ने बताए । उनले मदिरा बन्द गर्न नसकिने भएपनि बिक्री समय, स्थान, उपभोक्ता र करका दर बढाउनै नियन्त्रणमा लिनुपर्ने र मदिरा सूर्तीजन्य पदार्थका कारण आएका नसर्ने रोगहरू र मानसिक स्वास्थ्य समस्या घटाउनुपर्ने सुझाव दिए ।

मञ्चले बिर्तामोड, हेटौडा, तुल्सीपुर, बीरेन्द्रनगर र धनगढी उपमहानगरपालिकामा मदिरा र सूर्तीजन्य पदार्थकोको नियमनका लागि कानून लगायतका विषयमा प्राविधिक सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार