१७ बैशाख २०८१, सोमबार

भाइटीकाको टीका पूर्व फर्केर टीका लगाउनु उचित, सप्त होइन पाँच रंगको टीका लगाउनुस




धनगढी/ आज भाइटीकाको दिन हो । भाइटीका हिन्दुहरुले भव्यरुपमा दिदीबहिनीसंग टीका लगाएर मनाउछन् । तर टीका लगाउने विधी धेरैलाई थाहा हुँदैन । त्यसैले विज्ञहरुले भनेका छन् लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले बताएका छन् ।

यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने भएकाले दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्किनुपर्ने उनको भनाइ छ । हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको छ ।

यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका र माला लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

जनजिभ्रोमा एउटा गीत खुबै चर्चित छ, निधारमा लर्काएर सप्तरंगी टीका, यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो ।

यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन् ।

तर, शास्त्रीय मान्यताको कुरा भने आम सोच र बुझाइ भन्दा फरक छ । तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ, भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा।डा। रामचन्द्र गौतम बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार