२६ पुष २०८१, शुक्रबार

प्रदेशसभा सदस्यहरुको तीन महिने क्षमता सुदृढीकरण कार्यक्रम सम्पन्न



अनुमाेदन समाचार
धनगढी, ३ कात्तिक ।
कैलालीको धनगढीमा प्रदेशसभा सदस्यहरुको तीन महिने क्षमता सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका पूर्व सभामुख अर्जुनबहादुर थापाले फाया नेपाल र युएनडिपीको सहकार्यमा सम्पन्न सो कार्यक्रमले प्रदेशसभामा नवप्रवेशी प्रदेशसभा सदस्यलाई अनुभव आदानप्रदान गर्न सहज बनाएको बताए ।

उनले कार्यक्रम समय सान्दर्भिक हुनाका साथै सदनमा हुने सबै खाले क्रियाकलापबारे प्रदेशसभा सदस्यले जानकारी पाएर जिम्मेवार ढङ्गले सदनमा प्रस्तुत हुनुपर्ने बताए । पूर्व सभामुख थापाले राजनीति र संसद् सदन फरक भएको भन्दै सो कार्यक्रमले प्रदेशसभा सदस्यलाई धेरै अध्ययनशील र जिम्मेवार बनाएको धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै वर्तमान उपसभामुख कोइलीदेवी चौधरीले प्रदेशसभा सदस्यहरुको तीन महिने क्षमता सुदृढीकरण कार्यक्रमले संसद्का गतिविधिबारे सबै कुराको जानकारी दिएको बताइन् । कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य वीरमान चौधरी, पूर्णा जोशी, रतन थापा, श्यामलाल राना लगायतले तालिममा सिकेका सबै कुरालाई अनुसरण गर्दै जनताका वास्तविक आवाजलाई ध्यानमा राखेर सदनमा सवाल उठाइनुपर्ने धारणा व्यक्त गरेका थिए ।

फाया नेपाल र युएनडिपीको सहकार्यमा सम्पन्न सो कार्यक्रमको सहजीकरण डा. बिन्द्रा पाण्डेय र नेपाल सरकारका पूर्व सचिव गोपालनाथ योगीले गरेका थिए । फाया नेपाल र युएनडिपीको सहकार्यमा तीन महिनासम्म सञ्चालन भएको जनाइएको छ ।

कार्यक्रममा सहभागी सहभागी प्रदेशसभा सदस्यहरूले संसद् गतिविधिबारे आफू जानकार मात्र नभएर जनताका आवाजबारे सचेत भएको बताउँदै पुनः यस्ता पुनरावृत्ति हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार