२० बैशाख २०८१, बिहीबार

देश दुखेन उनलाई (कविता)



देश दुखेन उनलाई ।
पराइको स्वार्थ दुख्यो ।
खै किन ?
मातृभूमिको चित्कार दुखेन उनलाई ।
बरु, पराइको अहँकार सुझ्यो ।
सायद , उनले नेपाल आमाको स्तनपान,
अपमान गेरर होला ,
उनको आत्माबाट राष्ट्रबाद चुक्यो ।
पराइ मालिकको जुठोपुरोमा ,
साँटेर त होला ,
शरीरमा देशभक्तिको रगत सुक्यो ।
हास्ने खेल्ने र रमाउने , आँगनको सिमाङ्कन टुट्यो ,
देश दुखेन उनलाई , पराइको स्वार्थ दुख्यो ।
खै किन ?
मातृभूमिको चित्कार दुखेन उस्लाई,
बरु स्वामि भक्तिको हुँकार भूक्यो ।
आमा असहाय हुदा,
ऊँ मालिकको सिसमहलमा लुक्यो ।
राष्ट्रिय सम्मानमा स्वाभिमान उठेन,
मलिकको चरणमा उसको शिर झुक्यो ।
देशदुखेन उसलाई ,पराइको स्वर्थ दुख्यो,
मातृभूमिको बेदना दुखेन उनलाई ,
बैरी पराइको अपमान सुझ्यो ।।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार