२० बैशाख २०८१, बिहीबार

अब जनता बेच्ने पालो छ



पद बेचे प्रतिष्ठा बेचे
देशभक्तिको निष्ठा बेचे
नदी नालाबेचे , मातृभूमिको सिमाबेचे
माटो बेचिसके ! अब मान्छे बेच्ने पालो छ ।
साना ठूला दरबार भित्र
जताततै भ्रष्टाचारको जालो छ

मठ बेचे, मुर्ती बेचे
सूचना बेचे, स्वाभिमान बेचे
देश बेचिसके ! अब जनताबेच्ने पालो छ
मन्त्रीदेखि मन्त्रालयसम्म
जताततै भष्टाचारको जालो छ

मन बेचे इमान बेचे
सान बेचे, सम्मान बेचे
देश बेचिसके ! अब मान्छे बेच्ने पालो छ
श्रीमतीदेखि सालासम्म
जताततै भष्टाचारको जालो छ

    राष्ट्र बेचे, राष्ट्रियता बेचे
    भाइ बेचे भातृत्व बेचे 
   देश बेचिसके ! अब मान्छे बेच्ने पालो छ 
   बाउदेखि छोरासम्म 
   जताततै भ्रष्टाचारको जालो छ 

रुख बेचे, शुख बेचे ,
पानी बेचे, बानी बेचे
देश बेचिसके ! अब मान्छे बेच्ने पालो छ
राज काजका अंग अंगमा
जताततै भ्रष्टाचारको जालो छ

भित्र पहेँलो, बाहिर कालो कालो छ
लुट पाटमा सबैको आलो पालो छ
देश बेचिसके ! जनता बेच्ने पालो छ
जताततै भित्र भित्र भ्रष्टाचारको जालो छ

अब जनता बेच्ने पालो छ
टेलर देखाइसकें भन्छन् फिल्म आउने पालो छ
त्यसमा पनि मिलिजुली भ्रष्टाचारको जालो छ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार