२० बैशाख २०८१, बिहीबार

स्व. जयपृथ्वीबहादुर सिंहको जन्मदिन मनाइयो



धनगढी/ गोरखापत्र स्थापनामा योगदान पुगाएका मानवतावादी राजा स्व. जयपृथ्वीबहादुर सिंहको १४७ औ जन्मजयन्ती बिहीबार धनगढीमा मनाइएको छ ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले स्व. सिंहले कलियुगमा उहाँ जस्ता राजा/शासकहरु मुस्किलले पाइने बताए ।

स्व. सिंहले बझाङको केन्द्र तोक्ने काम पनि बैज्ञानिक तरिकाले गरेको चर्चा गर्दे उहाँले समाज सुधारका धेरै काम गरेको प्रदेश प्रमुख जोशीले बताए । म उहाँको सोच, किर्ति, क्षमता, व्यक्तित्व बारे चर्चा गर्ने सामथ्र्य नै राख्न सक्दैन उनले भने ।

प्रदेश प्रमुख जोशीले भने, स्व. सिंहले राजपाठ छोडेर भारत गएर बस्नु, जनताको आँखा खोल्न गोरखापत्र स्थापनामा योगदान गर्नु, मानवतावादको लागि संघर्ष गर्नु र राणाको भान्जा तथा ज्वाई भएर पनि सोही शासन विरुद्ध लाग्नु महान सोच हो ।


सुदूरपश्चिम साहित्य समाज र सूर्मादेवी समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा धनगढीका साहित्यकार र समाजसेवीले मन्तव्य र साहित्यिक सिर्जनाबाट स्व. सिंहका योगदान बारे चर्चा गरे ।

कार्यक्रम सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार