१५ बैशाख २०८१, शनिबार

एमाले अध्यक्ष ओलीसँगै नेता रावल र भट्ट एउटै मञ्चमा



धनगढी/ नेकपा एमालेको १० औँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका नेता भीम रावल लामो समयपछि ओलीसँगै मञ्चमा देखिएका छन् ।

पूर्व उपाध्यक्ष रावल र ओली सोमबार एउटै मञ्चमा देखिएका हुन् । एमालेका केन्द्रीय सचिव लेखराज भट्ट समेत कार्यक्रममा उपस्थित थिए ।

काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित देउडा सांस्कृतिक उत्सवमा तीन नेताहरु एकै ठाउँमा अटाएका हुन । रावल एमालेमा लामो समयदेखि जिम्मेवारबिहिन छन् भने केही दिन अघि मात्रै उनको अध्यक्ष ओलीसँग भेट भएको थियो ।

भट्ट नेकपाको बिभाजन पछि एमालेमा नै सक्रिय छन् । एमालेको महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए ।

भट्ट एमालेको कर्णाली प्रदेशका इन्चार्जको भूमिकामा पनि छन । कार्यक्रममा कला क्षेत्रमा योगदान पुगाएबाफत पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, देउडा गायक नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, अभिनेत्री मिथिला शर्मा, गायिका डिक्रा बादी लगायतलाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार