२६ पुष २०८१, शुक्रबार

पहिरोको उच्च जोखिममा पीपलगाउँ



बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका –२ मा रहेको पिपल गाउँबस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।

गत साउन १९ देखि २२ गतेसम्म लगातार परेको अविरल वर्षातका कारण माथिबाट पहिरो आएपछि पीपलगाउँ बस्ती पहिरोको जोखिममा परेको हो ।

बस्तीको माथिबाट पहिरो आएपछि करिब ४० घरपरिवार पहिरोको उच्च जोखिममा रहेको स्थानीय विरे कुँवरले बताए ।

केही वर्ष पहिला गाउँ माथिबाट पहिरो आउँदा दुई/ चार घर मात्र जोखिममा थिए, यो वर्ष भने पूरै बस्ती नै जोखिम परेको उनले बताए ।

पहिरोले जोखिममा रहेको पिपल गाउँबस्तीका लागि अहिले तत्काल त्रिपालको व्यवस्था गर्दै सुरक्षित ठाउँमा राख्ने तयारी भएको खप्तड छेडेदह गाउँपालिका –२ का वडा अध्यक्ष भक्त बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार