२७ पुष २०८१, शनिबार

नेकपा (एकीकृत समाजवादी) कैलालीद्वारा भ्रष्टचार विरुद्ध प्रर्दशन



धनगढी, वैशाख २८ गते । नेपाल कम्युनिष्ट पाटी(एकीकृत समाजवादी) कैलाली जिल्ला कमिटीले भ्रस्टाचार विरुद्ध जुलुस प्रर्दशन गरेको छ । प्रदेशको अस्थायी मुकाम धनगढीको एल एन चोक बाट शुरु भएको प्रर्दशन जिल्ला प्रशासन कैलालीको गेटमा नारावाजी गर्दै कोणसभामा परिणत भएको थियो ।

नेपाली लाई भुटानी शरणार्थी बनाई भ्रस्टाचार गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउन माग गर्दै प्रर्दशन गरीएको जिल्ला अध्यक्ष विमल जोशीले बताए ।

सरकारले भ्रस्टाचार काण्डमा ठुला भिआईपीहरुलाई पक्राउ गरेको काम स्वागत योग्य भएको भन्दै त्यो प्रकरणमा नाम जोडीएका जोसुकै लाई कानूनी दायरामा ल्याउन पर्ने जोशीले बताए । कोणसभामा बोल्दै अध्यक्ष जोशीले भने–पार्टीले भ्रस्टाचारीका विरुद्ध आन्दोलन गर्ने छ, जोजो त्यो काण्डमा जोडीएका छन कार्वाही गर्नु पर्छ, सबैको बारे सत्यतथ्य छानविन हुन पर्छ । सरकारले भ्रस्टाचारी जोगाउने चलखेल आफ्नो पार्टीलाई सैह्य नहुने जोशीले बताए ।

प्रर्दशनमा नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य कैलाली इन्चार्ज दीर्घ सोडारी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, गिता सोडारी, शुसीला बुढाथोकी, युवा संघका केन्द्रीय कार्यालय प्रमुख नरेश गिरी लगाएतका नेता कार्यकताहरु सभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार