१४ बैशाख २०८१, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण पक्राउ



काठमाडौँ / पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बुधबार विहान (आज) पक्राउ परेका छन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएपछि उनलाई उनको काठमाडौंको निवासबाट पक्राउ गरिएको हो ।

उनलाई प्रहरी परिसर टेकु लगिएको छ । उनले आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् ।

प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए ।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

बुधबारै खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

आरोप खेपिरहेका एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार