१५ बैशाख २०८१, शनिबार

स्केटिङ्गका प्रदेश तथा जिल्ला संघहरु पुनरगठन गरिदै




दार्चुला/ नेपाल स्केटिङ्ग तथा स्केट्बोर्डिङ्ग संघले आफ्ना सातवटै प्रदेश अन्तर्गतका प्रदेश तथा जिल्ला संघहरु धमाधम पुनर्गठन गर्न थालेको छ ।

संघका राष्ट्रिय अधक्ष्य अच्युत खनालका अनुसार प्रदेश तथा जिल्ला संघहरुबाट स्केटिङ्ग गतिविधीहरु सञ्चालन गर्न र संघलाई संघिय संरचना अनुरुप अघि बढाउन थालिएको छ ।

नेपाल स्केटिङ्ग तथा स्केट्बोर्डिङ्ग संघ अन्तर्गत हालसम्म देशभरिमा करिब २७ जिल्ला संघहरु रहेका छन्। परिवर्तित अवस्थामा संघलाई नयाँ खेलकुद विकास ऐन अनुरुप अघि बढाउन अव संघिय संरचना अनुरुप जिल्ला र प्रदेशको संरचना गठन गर्ने गरी विधानलाई संसोधन गर्नेछौं,“ अध्यक्ष खनालले भने ।

यसैक्रममा नेपाल स्केटिङ्ग तथा स्केट्बोर्डिङ्ग संघ अन्तर्गतको दार्चुला जिल्ला स्केटिङ्ग तथा स्केट्बोर्डिङ्ग संघ पूनर्गठन गरिएको छ, जिल्ला स्केटिङ्ग तथा स्केट्बोर्डिङ्ग संघको अध्यक्षमा कृष्णसिंह चैसिर, सचिवमा उमेश सिंह महरा, कोषाध्यक्षमा मनिषा धामी, सदस्यहरुमा प्रदिप सामन्त, मनिषा सामन्त, सुन्दरराम दमाइ र हरिश भट्ट गरेर सात सदस्यीय जिल्ला संघ गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार