७ पुष २०८१, आईतवार

बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षको दाँत भाँचे



बैतडी/ बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षका चार वटा दाँत भाँचेका छन् । मेलौली नगरपालिका–१, का वडा अध्यक्ष शरदसिंह नेगीको चार वटा दाँत भाँचेको आरोपमा बुवाछोरालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।

वडा अध्यक्षमाथि कुटपिट गरेर दाँत भाँचेको आरोपमा प्रहरीले मेलौली–१,का ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारश नेगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

प्रहरी निरीक्षक जोशीले भने,“ कुटपिट हुँदा वडा अध्यक्षका चार वटा दाँच भाँचिएका छन् । दाँत भाँच्ने जनार्दशन नेगी वडा कार्यालयकै कार्यालय सहयोगी भएको खुलेको छ । विहीबार राति पसलमा बसेका बेला वादविवाद हुँदा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट भएको खुल्न आएको छ ।”

कुटपिटबाट घाईते वडा अध्यक्षको मेलौली प्राथमि स्वास्थ्यकेन्द्रमा उपचार हुन नसकेपछि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार