१५ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम खप्तड गोल्डकप धनगढी सुरु



धनगढी / मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण विहिबारदेखि सुरु भएको छ ।

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका छन। उनले खेल र खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना हुन आवश्यक रहेको बताए ।

प्रदेशलाई विश्वभरी पहिचान गराउन पनि खेलकुद क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्ने मुख्यमन्त्री शाहले बताए । खेलकुद प्रतियोगिताको समुद्घाटनसंगै आयोजक क्लबले मुख्यमन्त्री शाहलाई २ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश सरकारले रातो किताबमा बजेट विनियोजन गरी प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नमा सहयोग गर्नुपर्ने र क्षेत्रीय रंगशाला धनगढीमा रात्रीकालिन खेल प्रतियोगिता सञ्चालन गर्न आधुनिक लाइट जडान गर्नुपर्ने क्लबको माग छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार