१५ बैशाख २०८१, शनिबार

ग्लोबल ओरियन्सको कार्यालयमा प्रहरीको छापा



टीकापुर/ एक हजार जति युवालाई प्रलोभनमा पारी करोडौं रुपियाँ असूली गरेको ग्लोबल ओरियन्सको टीकापुरस्थित कार्यालयमा विहीबार प्रहरीले छापा मारेको छ ।

ग्लोबल ओरियन्सले ठगेको भन्दै पीडितहरुले उजुरी दिएपछि प्रहरीले आठ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

मुद्दा चलिरहेको अवस्थामा थप प्रमाण खोज्न प्रहरी ग्लोबलको कार्यालय पुगेको हो । ग्लोबलको कार्यालय भने आइतबारदेखि नै बन्द छ । प्रहरीले ताला खोलेर हेर्दा एउटा ल्यापटप, एउटा कम्प्यूटर, विभिन्न तह अनुसारको पैसा तिरेको प्रमाणसहितका फर्महरु फेला परेको प्रहरी निरीक्षक सुरज खडकाले जानकारी दिए भएको छ ।

जागिरको प्रलोभन देखाएर पहिलो श्रेणीका लागि १५ हजार, दोस्रो श्रेणीका लागि ४० हजार र तेस्रो श्रेणीका लागि एक लाख २० हजार असुलेको ग्लोबलले कतिजनालाई ठगेको छ भन्ने यकिन भएको छैन तर यसका टीकापुर प्रमुख साजन चौधरीका अनुसार आठ सयदेखि एक हजार जति युवा यसमा पैसा तिरेर सामेल भएका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक खडकाले पीडितहरुलाई आफूसंग भएका प्रमाणहरु ल्याएर अनुसन्धानमा सहयोग गर्न अनुरोध गर्नु भएकोे छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक खडकाले ग्लोबलले अन्य ठाउँमा मा भएका अफिसबाट यस्तै भेरहेको भए सचेत रहन आग्रह गरे ।

सञ्चालकहरुले ग्लोबल अहिलेको लागि मात्रै नभई तीन पुस्तासम्मका लागि हो भन्दै लोभ्याउने र बेरोजगारलाई रोजगार बनाउने भएकाले हरेकले दुई जनालाई फसाएर सिस्टम चलाउन भन्दै रातदिन होस्टेलमा दवाव दिने गरेको सुर्खेतकी एक बालिकाले बताइन ।

अछामका पपेन्द्र क्षेत्रीले आफ्नो पैसा ठग्नुका साथै नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रहरु पनि फिर्ता नदिएकाले झन चिन्ता बढेको बताउनु भएको छ । प्रहरीको सक्रीयताले पीडितहरुमा पैसा र कागजात फिर्ता पाउने आश जागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार