१३ बैशाख २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश कराते महासंघको अध्यक्षमा पाण्डेय




धनगढी/ सुदूरपश्चिम प्रदेश कराँते महासंघको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेय चयन भएका छन्।

धनगढीस्थित रंगशालामा आज भएको सुदूरपश्चिम प्रदेश कराँते महासंघको अधिवेशनले त्रैलोक्यनाथ पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय सुदुरपश्चिम् प्रदेश कराते महासंघको कार्यसमितिको चयन गरेको हो।

महासंघको उपाध्यक्षमा हिक्मत भण्डारी, डिल्ली सुवेदी, सचिवमा बहादुरसिंह ओड, सहसचीवमा विनोद चन्द,पुष्पराज भट्ट, कोषाध्यक्षमा उमा महतो, सहकोषाध्यक्षमा नरेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा प्रभाव भण्डारी, नन्दकृष्ण जैशी, दिनेश रावल, हेमा भट्ट, विजयसिंह ऐरी, मोहन एसके, ओमप्रकाश पन्त र किरण बोहरा निर्वाचित भएका छन्।

त्यस्तै केन्द्रीय सदस्यमा गजेन्द्र साउद्लाई चयन गरेको छ भने केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मकेन्द्रबहादुर सिंह, राजेन्द्र अवस्थी, लिलासिंह बोहरा, दीपेन्द्र देउवा र मोहन एसके छनौट भएका छन्।

सुदुरपश्चिम कराँतेका प्रमुख प्रशिक्षक विमल खडायतको सभापतित्वमा संचालित उद्घाटन समारोहमा प्रमुख अतिथि सुदुरपश्चिम् प्रदेश खेलकुद परिषदका सदस्य प्रकाश विक रहेका थिए।

यस्तै कार्यक्रममा सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सञ्जिता चौधरी, नेपाल कराते महासंघका उपमहासचिव ओमकृष्ण प्रसाई, सुदुरपश्चिमान्चल क्षेत्रीय विकास समिति र कैलाली जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुखहरु एवं कर्मचारी वर्ग, कराँते लगायत विभिन्न खेलका प्रशिक्षकहरु र प्रदेशका स्वयंसेवक कराते प्रशिक्षकहरु र वरिष्ठ कराते खेलाडीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार