१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम तेक्वान्दो संघको वार्षिक साधारणसभा



धनगढी / सुदूरपश्चिम तेक्वान्दो संघको प्रथम वार्षिक साधारणसभा बिहीबार धनगढीमा भएको छ ।

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहको प्रमुख अतिथ्यतामा भएको साधारणसभामा संघका केन्द्रीय महासचिव दीप गुरुङ, सुदूरपश्चिम अध्यक्ष सुवाश शाही, प्रदेशप्रतिनिधिहरु लगायत सरोकारवाला निकायको उपस्थिति थियो ।

साधारणसभाको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै परिषद्का सदस्यसचिव सिंहले तेक्वान्दो खेलको विकासका लागि परिषद् सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै केन्द्रीय महासचिव गुरुङले साधारणसभाले संघ चलायमान बनाउँन मद्दत पुग्ने बताउँदै आगामी दिनमा थप कार्यक्रमहरु गर्दै जान सुझाव दिए ।

साधारणसभामा समापन मन्तव्य राख्दै अध्यक्ष शाहीले खेलको विकासका लागि सबैजना एकजुट भएर लाग्नुको विकल्प नभएको बताए । सुदूरपश्चिम खेलकुद परिषद्ले साथ सहयोग गर्ने प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा तेक्वान्दो संघले अन्तर्राष्ट्रिय इभेन्ट गर्ने जनाए ।

साधारणसभामा केन्द्रबाट आएका प्रतिनिधिहरुलाई मायाँको चिनो समेत हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार