१४ बैशाख २०८१, शुक्रबार

एसपिएद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग




धनगढी/ धनगढी उपमहानगरपालिका–२ मा एसपीए कलेजले धनगढीको तारानगरस्थित मानव सेवा आश्रमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।

एसपिएको रजत जयन्तीको पूर्वसन्ध्यामा बिहीबार कलेजले आश्रममा रहेका आश्रितहरुको लागि आर्थिक सहयोग गरेको हो । मानव सेवा आश्रममा हाल ५२ जना असहाय ज्येष्ठ नागरिक आश्रित छन् ।

एसपिएका प्रबन्ध निर्देशक सुवाश शाहीले बिहीबार आश्रमका सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकाललाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

प्रबन्ध निर्देशक शाहीले रजत जयन्तीमा भड्किलो कार्यक्रम गर्नुभन्दा खर्च कटाएर मानवताका लागि आश्रमलाई सहयोग गरेको बताए । उनले आश्रितहरुको खाना, बस्न, औषधोपचारमा सहयोग पुगोस भनेर कलेजले आर्थिक सहयोग बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार