११ बैशाख २०८१, मंगलवार

तीन वर्षपछि फरार अपराधी पक्राउ




धनगढी/ कैलाली प्रहरीले तीन वर्षपछि एक जना फरार अपराधीलाई पक्राउ गरेको छ । कैलालीको कैलारी गाउपालिका–१ मछेडागाउँको ४७ वर्षीय कृष्णप्रसाद चौधरीथारुलाई आज शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जबरजस्ती करणी मुद्दामा २०७६ साल फागुन २१ गते कैलाली जिल्ला अदालतबाट एक वर्ष कैद तथा एक हजार रुपैयाँ जरिवानाको सजाय पाएको कृष्णप्रसाद फरार रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्याय कमाण्डको एक प्रहरी टोलीले कृष्णप्रसादलाई धनगढी उपमहानगरपालिका–७ मनेहराबाट पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार