७ पुष २०८१, आईतवार

बाजुरा बाहेक सुदूरपश्चिमका जिल्लामा मतदान सम्पन्न, मतदातामा उत्साह देखिएन



प्रतिस्पर्धीहरु हात मिलाउदै : धनगढी उपमहानगरपालिका‐ ३ मा रहेको जनता मावि मतदान केन्द्रमा भेटिएका कैलाली क्षेत्र नं. ५ प्रदेश सभा ‘ख’ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवा र एमालेका दुर्गाप्रसाद जोशी । दुवै उम्मेदवारले सोही मतदान केन्द्रबाट मतदान गरेका थिए ।

धनगढी / सुदूरपश्चिममा गत वैशाखको स्थानीय तहको चुनावको तुलनामा निक्कै आज भएको् प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा कम भोट खसेको छ ।

गत चुनावमा केही जिल्लामा ७० प्रशितसम्म मतदान भएकोमा यसपटक कैलालीमा ५९.७१ , डडेल्धुरामा ५२, बैतडीमा ६०, दार्चुलामा ६५, अछाममा ५५, कञ्चनपुर ६२ र डोटीमा ५१.९ प्रतिशतले मतदान गरेका छन् ।

बाजुरामा विवादका कारण केही केन्द्रको मतदान नै स्थगित छ भने बझाङको तथ्यांक खसेको मतको प्रतिशत सार्वजनिक भएको छैन ।

एक हजार १६१ मतदान स्थल रहेको सुदूरपश्चिमका नौ जिल्लामा दुई हजार १४६ मतदान केन्द्र निर्धारण गरिएको थियो ।
सुदूरपश्चिमका प्रतिनधि सभामा प्रत्यक्षतर्फ १६ र प्रदेश सभामा ३२ क्षेत्र छन् ।

तीमध्ये बाजुरा बाहेक प्राय सबै क्षेत्रका मतपेटिक संकलन भइरहेको निर्वाचन आयोग प्रदेश कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए । बाजुराका तीन स्थलमा विवादका कारण मतदान स्थगित भएको छ भने एमालेले कांग्रेसले धाँदली गरेको भन्दै थप १६ स्थलको मतदान स्थगित गर्नका लागि उजुरी दिएको छ ।

निर्वाचन आयोगका प्रदेशका कार्यालयका प्रमुख भट्ले सुदूरपश्चिमका केही ठाउँमा भोली विहान र केही ठाउँमा पर्सीसम्म मतगणना शुरु हुन् बताउनुभयो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कैलाली क्षेत्र नं. १, ३ र ४ को आइतबार विहान सर्वदलिय बैठक गरेर मतगणना शुरु गर्ने बताए ।

क्षेत्र नं. २ र ४ को भने सोमबार मात्रै गणना हुने सम्भावना छ । ती क्षेत्रका केही पालिका पहाडी क्षेत्रमा रहेकोले मतपेटिका ल्याउन ढिलाइ हुने भएको हो ।

चुनावका केही तस्बिरहरु

धनगढी उपमहानगरपालिकामा निजामति कर्मचारीका लागि राखिएको मतदान केन्द्रमा मतदान गर्दे कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा ।


कैलाली क्षेत्र नं. ५ का मतपेटिका संकलन गरिदै ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार