२४ बैशाख २०८१, सोमबार

ओलीले दिपायल, अत्तरिया र लम्कीका तीन आमसभालाई सम्बोधन गर्ने




धनगढी/ गत साता दार्चुलाबाट चुनावी सभा शुरु गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिम आउने भएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देश दौडाहमा रहेका ओलीले कात्तिक २६ गते एकै दिन सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्वोधन गर्ने भएका छन् ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले २६ गतेका दिन बिहान ११ बजे डोटीको दिपायल, २ वजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

ओलीले कात्तिक १८ गते पनि दाुर्चला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार