३ जेष्ठ २०८१, बिहीबार

कञ्चनपुरमा १५ जना कांग्रेस कार्यकर्तालाई कारवाही




धनगढी/ नेपाली कांग्रेसका नेता रमेश लेखक सहितका उम्मेदवारका विरुद्ध उम्मेदवारी दिने कञ्चनपुरका १५ जना कांग्रेस कार्यकर्तालाई कारवाही गरिएको छ ।

वागी उम्मेदवारी दिने उम्मेदवारसहित तिनका समर्थक र प्रस्तावकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरिएको अनुशासन समितिका संयोजक नाफुसिंह साउदद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। विधानको परिच्छेद ९ को धारा ३४ को १ ‘घ’ बमोजिम पार्टीको साधारण सदस्यसमेत नरहने गरेर दिपकबहादुर सिंह, शारदा चन्द, गिरीराज पाण्डेय, नारायण बोहरा, दिल्लीराज पनेरु, जगदिश अवस्थी, दुर्गादत्त पाण्डेय, लगायतलाई कार्वाही गरिएको छ।

त्यस्तै, मदन दमाई, धनबहादुर शाही, पिताम्बर जोशी, खेम चौधरी, मोतिराम राना, सञ्जिव सिंह राना, जगत सायर पनि कारबाहीमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार