३ जेष्ठ २०८१, बिहीबार

लोकसंस्कृति र साहित्यका पुस्तक विश्वविद्यालयमा पढाउनु पर्ने माग




धनगढी / महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औ जन्मजयन्तीका अवसरमा सांस्कृतिक पर्व : गौरा पुस्तकको मंगलबार धनगढीमा विमर्श गरिएको छ ।

डा. वद्री शर्मा विनाडीले लेखेको सांस्कृतिक पर्व : गौरा पुस्तकको बारेमा चर्चा गर्दे प्रा.डा. हेमराज पन्तले डा. विनाडीको संस्कृति सम्वन्धी अनुसन्धान निक्कै महत्वपूर्ण रहको बताउदै भविश्यमा पनि यस्ता अनुसन्धान जारी राख्न आग्रह गरे ।

सांस्कृतिक पर्व : गौराकै चर्चा गर्दे मदनपुरस्कारका विजेता रामलाल जोशीले सो पुस्तक जस्तै लोकसंस्कृति र साहित्यमा लेखिएका पुस्तकलाई नेपालका विश्वविद्यालयका पाठ्यक्रममा समेट्नु पर्ने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तरगतका विभिन्न विश्वविद्यालयमा प्राध्यापन गरेका डा. विनाडीले सो पुस्तक लेख्नुपूर्व गरेको अध्ययन, अनुसन्धानको स्मरण गरेका थिए । विभिन्न जिल्लामा फरक तरिकाले गौरा पर्व मनाइन्छ उनले भने, धेरै ठाउँमा दलित समुदायले गौरा मनाउनु हुन्न भन्ने मान्यता पनि छ तर डडेल्धुराको अमरगढी नगरपालिकाको कडारा गाउँमा दलित समुदायले गौरा पर्व बृहतरुपमा मनाइने गरिएको छ ।

पहिले डडेल्धुराको निनाली गाउँमा २२ वटा गीत २२ दिन लगाएर गाउने अनि मात्र गौरा पर्व विसर्जन गर्ने चलन थियो डा. विनाडीले भने, माओवादी द्धन्द्धपछि त्यो चलनमा ह्रास आएर २२ गीत ७/८ दिनमा गाएर सक्ने परम्परा छ ।

सो अवसरमा भाषा वचाउ अभियानका अभियन्ता गुणाकर पनेरुले सभा समारोहमा आफ्नै भाषामा बोले मात्र भाषा र संस्कृति जोगिने बताए । सांस्कृतिक पर्व : गौरा र महाकवि देवकोटाका बारेमा डा. राजेन्द्रवीर चन्द, डा. पुस्करराज भट्ट, वासुदेव पाण्डेय, पदमराज जोशी, हरिकृण्ण कडायत लगायतले चर्चा परिचर्चा गरेका थिए ।

कार्यक्रममा युवायुवती र किशोरकिशोरीले देउसी भैलोका गीत र नृत्य प्रस्तुत गरेका थिए ।

सुदूरपश्चिम साहित्य साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको महासचिव गणेश नेपालीले सञ्चालन गरेका ।

२०७९ भदौमा प्रकाशित सो पुस्तक काठमाडौमा विमोचन भएको थियो । २०० रुपियाँ पर्ने सो पुस्तक १०९ पृष्ठको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार