२ माघ २०८१, बुधबार

एमाले बाजुराको चुनावी प्रचार अभियान शुरू




बाजुरा / नेकपा (एमाले) ले प्रदेश निर्वाचन क्षेत्र (ख) को बडीमालिका नगरपालिका वडा नम्बर ७ बाट चुनावी प्रचारप्रसार अभियान शुरू गरेको छ ।

एमालेबाट प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार लालबहादुर थापा नेतृत्वको टोलीले बडीमालिका ७ मा रहेका ढम्कने, रजातोली, जिल्ली र सिराढीका जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रचारप्रसार अभियानमा सहभागि प्रेस चौतारी बाजुराका सचिव रमित बिकले बताए ।

त्यस्तै प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर थापा नेतृत्वको टोली आज मार्तडीबाट प्रदेश (क) क्षेत्रमा गईसकेको र प्रदेश सभा (क) उम्मेदवार बलदेव रेग्मीको टोलीले सयुक्त रूपमा सो क्षेत्रमा सयुक्त रूपमा चुनावी प्रचार प्रसार अभियान गर्ने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए ।

निर्वाचन कार्यतालिका अनुसार बाजुराको प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरिसकेपछि एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा केन्द्रित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार