२२ बैशाख २०८१, शनिबार

रेशम चौधरीको उम्मेदवारी पनि खारेज



बर्दिया/ ०७२ भदौ ७ को टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरीको उम्मेदवारी खारेज हुने निर्णय भएको बताए ।

चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको उनले बताए ।

उहाँ २०७४ फागुन १४ देखि निरन्तर कैदमा रहेको भनी डिल्लीबजार कारागारले हामीलाई पत्र दिएको छ, उच्च अदालत डोटीबाट पनि उहाँ दोषी ठहर भएको पत्र दिएको छ उनले भने, ‘उहाँ प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवार हुन अयोग्य हुनुभयो ।’

ऐनको उक्त व्यवस्था अनुसार कैदमा बसेको व्यक्ति कैदमा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्य हुन्छन् ।

उनी ०७४ को चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार