१७ बैशाख २०८१, सोमबार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन : बझाङमा सात जना स्वतन्त्र





बझाङ / आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बझाङ जिल्लाबाट सातजनाको स्वतन्त्र उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधिसभाका लागि चार जना प्रदेशसभा क का लागि दुई जना र ख का लागि एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेस बझाङका पूर्व पार्टी सभापति हर्कजँङबहादुर सिंह, नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्रसिंह धामी ‘निर्मल’, डम्वर खड्का र रामचन्द्र रानाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा क मा नेकपा माओवादी केन्द्रका नेता जयभक्त जोशी (जगतप्रसाद जोशीले स्वतन्त्र उम्मेदारी दर्ता गराएका छन् । भने प्रदेश सभा ख मा गणेश भण्डारीले स्वतन्त्र उम्मेदारी दर्ता गराएका छन् ।

प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (एकीकृत) समाजवादीका नेता पूर्व वनमन्त्री भानुभक्त जोशी र नेकपा एमालेका निवर्तमान अनेरास्ववियूका केन्द्रीय अध्यक्ष नेकपा एमालेका बझाङ जिल्लाकासहइञ्चार्ज तथा ऐन महरले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट विस्वप्रकाश जेठारा, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेमराज जोशीले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा क मा नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य समेत रहेका अफिलाल उखेडा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस बझाङका पूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै राप्रपा नेपालका कर्णबहादुर खड्का र राप्रपाका हरिलाल भटराईले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा ख मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता भीम भण्डारी एमालेबाट संविधानसभा सदस्य लालबहादुर रावल (एलबी), राप्रपाका विरेन्द्र मल्ल नेपाली काङ्ग्रेस विपीका निर्मला विक गरेर जम्मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार