१७ बैशाख २०८१, सोमबार

एमाले नेता पूर्वमन्त्री तामाङले कञ्चनपुर -१ बाट मनोनयन दर्ता गरे



धनगढी / कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट प्रतिनिधि सभा सदस्यमा पूर्वमन्त्री तारा लामा तामाङले मनोनयन दर्ता गरेका छन्।

०७४ को निर्वाचनबाट प्रदेश सभा सदस्य निर्वाचित भएर प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री भएका तामाङले आइतबार बेलौरीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका हुन्।

तामाङ प्रदेश सभामा एमाले र माओवादी मिलेर बनेको नेकपाका संसदीय दलका प्रमुख सचेतक, एमाले कञ्चनपुर जिल्लाको सचिव र अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । त्यसअघि उनी ०५४ मा गाउँ विकास समितिको अध्यक्ष समेत थिए ।

त्यस्तै प्रदेश सभा सदस्यका लागि (क) मा वीरबहादुर थापा पातल र (ख) मा एमालेका जिल्ला सचिव पल्लवराज भट्टले मनोनयन दर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार