१७ बैशाख २०८१, सोमबार

कैलाली -४ मा गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता




अत्तरिया / गठबन्धनका उम्मेदवारहरुले कैलाली क्षेत्र नम्बर ४ मा मनोनयन दर्ता गरेका छन् । कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा वीरबहादुर बलायरले अत्तरियास्थित निर्वाचन कार्यालय पुगेर प्रतिनिधि सभा सदस्य पदमा मनोनयन दर्ता गरेका हुन ।

यस्तै गठबन्धनको तर्फबाट प्रदेश (क) मा एकीकृत समाजवादीका उम्मेदवार प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र प्रदेश (ख) का उम्मेदवार कांग्रेसका प्रकाश वमले पनि मनोनयन दर्ता गरेका छन् ।

बलायर ०७० सालको संविधान सभा सदस्यमा डोटीबाट निर्वाचत भएर मन्त्री भएका थिए । उनी ०७४ मा भने डोटीबाट नै पराजीत भएका थिए ।

सोडारी प्रदेश (क) बाट यसअघि पनि निर्वाचित भएका थिए । सोडारी ०७० सालको संविधान सभा सभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट पराजीत भएका थिए । वम भने पहिलो पटक चुनाव लड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार