१७ बैशाख २०८१, सोमबार

पुस्करको उम्मेदवारीले म कमजोर हुँदैन : पन्त




कैलाली ५ बाट प्रदेश सभा सदस्यका लागि सत्तारुढ गठवन्धनबाट माओवादीका धामी र कांग्रेसका देउवाको मनोनयन दर्ता


धनगढी/ आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ मा सत्तारुढ गठवन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका डिल्लाराज पन्तले उम्मेदवारी दर्ता गराएका छन् । उनीँ हालका सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन ।

उनले मजबूत संगठन, गठवबन्धन र आफूहरुका जनपक्षिय ऐजेण्डाका कारण चुनाव जित्ने विश्वास व्यक्त गरे । पन्तले भने मैले पुस्करनाथ ओझालाई स्वतन्त्र नलड्न आग्रह गरेकोे हो तर पनि उनले मानेनन् ओझाको उम्मेदवारीलाई आफू कमजोर हुँदैन ।

यस्तै क्षेत्र नम्बर ५ को प्रदेश सभा क बाट नेकपा (माओवादी) केन्द्रका रमेश धामी र ख बाट नेपाली कांग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि प्रकाशबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन ।

धामी र महरले आफूहरु चुनाव जितेपछि प्रदेशको विकासका लागि लाग्ने प्रतिवद्धता गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार