३ जेष्ठ २०८१, बिहीबार

षड्यन्त्रमुलक ढंगले ओलीले टिकट लिएको डोटीका माओवादी नेताको आरोप




धनगढी/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई फेरि डोटीको ख क्षेत्रबाट प्रदेश सभाको उम्मेदवार बन्न आग्रह गरेको भए पनि प्रदेश कमिटीले डोटी इन्चार्ज शिवसिंह ओलीलाई उम्मेदवार बनाएको विषय विवादित भएको छ ।

ओली मुख्यमन्त्री भट्टका स्वकीय सचिव पनि हुन । तर अहिले ओलीसंगै प्रदेशका लागि नाम सिफारिस भएका प्रेम कुँवर प्रख्यात र मीनबहादुर धर्ती विश्वले संयुक्त विज्ञप्ती जारी गरेर ओलीलाई उम्मेदवार बनाइएकोमा आपत्ति जनाएका छन् ।

हामी तीनै जना दावेदारवीच सहमति हुन सकेको थिएन त्यसैले तीनै जनाले मुख्यमन्त्रीलाई उम्मेदवार बनाउने सहमति गरेका थियौ तर मुख्यमन्त्रीको उम्मेदवारीमा विवाद छ भन्दै हामी आकांक्षीलाई वेवास्ता गर्दे अर्को व्यक्तीलाई उम्मेदवार बनाइएकोमा आपत्ति छ विज्ञप्तीमा भनिएको छ ।

मुख्यमन्त्री र हाम्रो घोर अपमान भएको छ, हामी सो उम्मेदवारी अस्वीकार गर्छो विज्ञप्तीमा भनिएको छ । दावेदार कुँवरले २२ गते राति प्रदेश अध्यक्ष र इन्चार्जमार्फत षड्यन्त्र गरिएको दावी पनि फेसवूक वालमा गरेका छन् ।

कुँवर र धर्तीले अध्यक्ष प्रचण्डलाई समेत संयुक्त सुझाव र जानकारी भन्दै उम्मेदवारी विवाद बारे सम्पूर्ण जानकारी पठाएका छन् ।

ओलीसंग पटकपटक प्रयास गर्दा पनि फोन सम्पर्क हुन सकेन ।

माओवादीका प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सवले ओलीले नै डोटी ख को उम्मेदवारी पाएको पुष्टी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार