८ जेष्ठ २०८१, मंगलवार

एकल नाम सिफारिस भएका डा. रावललाई हटाएर बोहरालाई बनाइयो उम्मेदवार




धनगढी / एकल नाम सिफारिस भएका एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलको ठाउँमा माओवादीबाट प्रवेश गरेका झपट बोहरालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाइएको छ ।

रावलको नाम निर्वाचन क्षेत्र कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीबाट एकल उम्मेदवारका रुपमा सिफारिस भएको थियो।

०४८, २०५१, ०५६, २०७० र २०७४ सम्म गरेर पाँच पटक उम्मेदवार भएका रावलले ०४८ बाहेकका सबै निर्वाचन जितेका छन् । ०६४ सालमा समेत उनी समानुपातिक प्रणालीबाट संविधान सभा सदस्य बनेका थिए । यसपटक भने उनी प्रत्यक्ष र समानुपातिक दुवैतिरबाट उम्मेदवार बन्न सकेनन् ।

यस्तै ०७४ को चुनावबाट अछामबाटै प्रदेश सभा सदस्य निर्वाचित भएका झपट बोहरा तीन वर्ष भन्दा बढी सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । माओवादी छोडेर एमाले बनेपछि भने उनले मन्त्रीबाट राजीनामा दिएका थिए । एमाले भएपछि उनलाई माओवादीले प्रदेश सभा सदस्यबाट हटाएको थियो ।

व्यांकर र व्यवसायीको छवि बनाएका बोहरा आफै पनि रावलको पक्षमा थिए । उनले रावल दाइले चाहदासम्म आफू प्रतिनिधि सभा सदस्यको उम्मेदवार नबन्ने बताइ रहेका थिए । तर अध्यक्ष ओलीले उम्मेदवार बन्न बाध्य पारेपछि उनी उम्मेदवार बन्न तयार भएको एमाले स्रोतको भनाइ छ ।

आफ्नो सरकार ढाल्न भूमिका खेलेको भन्दै अध्यक्ष ओलीले रावल सहितका नेताहरुलाई आत्मआलोचना गर्नु पर्ने बताएको चर्चा यो विचमा चलेको थियो तर रावलले आफूले कुनै गल्ती नगरेको भन्दै आत्मआलोचना गर्न मानेनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार