१५ बैशाख २०८१, शनिबार

प्रचण्ड र माधव भेटेको भन्नु सुनियोजित हो : डा. रावल




धनगढी / एमालेका नेता डा. भीमबहादुर रावलले मैले चुनाउ नलड्ने प्रचारको कार्यकर्ता भेलामा खण्डन गरेपछि उम्मेदवार नबनाइने कुरा आउनु , त्यसको विरोध भएपछि प्रचण्ड र माधव नेपालसंग भेटेको भन्नु सुनियोजित हो भनेका छन् ।

आक्ष्तबार राति गरेको ट्वीटमा डा. रावलले भनेका छन् मैले प्रचण्ड-माधवसित भेटेको र चुनाउको कुरा गरेको छैन। मैले कुरा गर्न चाहे खुला र स्पष्ट गर्ने सामर्थ्य राख्दछु।भ्रमको खेती नगर्नु उचित हुनेछ ।

डा. रावललाई अछाम क्षेत्र नम्बर १ बाट एकल उम्मेदवारका रुपमा सिफारिस गरिएको छ । नाम सिफारिस गरेपछि उनी अछाम गएरै कार्यकर्ता र जनताको भावनाको कदर गर्दे पार्टीले टिकट दिए चुनाव लड्ने बताएका थिए ।

तर एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति गरेका एमालेका १० नेताहरुले आफू नेतृत्वको सरकारलाई हटाउन भूमिका खेलेको र त्यसमा आत्माआलोचना नगरे एमालेलेको उम्मेदवार बनाउन नसक्ने बतएको चर्चा चलेको छ ।

तर डा. रावलले ओलीको सो भनाइमा असहमति राख्दै आफूले कुनै गल्ती नगरेकोले आत्माआलोचना नगर्ने बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार