१४ बैशाख २०८१, शुक्रबार

चरिबाघको डमरु फेला पर्‍यो



धनगढी । कैलालीको गौरिगंगा नगरपालिका– ७ मा शनिबार चरी बाघको बच्चा (डमरु) फेला परेको छ । नगरपालिकाको चौधरी खोलामा सो बच्चा फेला परेको बताइएको छ ।

चरी बाघको बच्चा फेला परेपछि सब डिभिजन वन कार्यालय मसुरियाले उद्धार गरी धनगढी पुर्‍याएको छ । सो बच्चालाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको डिभिजन वन कार्यालय धनगढीका रेन्जर रामऔतार चौधरीले बताए । उनले केही दिनपछि सो बच्चालाई बनमा छोड्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार