६ चैत्र २०८०, मंगलवार

संसद पुर्नस्थापनामा लागेका कारण आत्मआलोचना गरिन्न : डा.रावल



धनगढी / एमाले अध्यक्ष ओलीले आफूलाई हटाउन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरेर हस्ताक्षर गर्ने र अदालत जाने १० जनाले उम्मेदवार हुने हो भने आत्मआलोचना गर्नुपर्छ भन्ने धारणा राखेको चर्चा भइरहेको बेला सो पार्टीका नेता डा. भीमबहादुर रावलले आफूले आत्मआलोचना नगर्ने बताएका छन् ।

नेता रावलले भने, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यटन गरेको संसद पुनरस्थापनाका लागि आफूहरुले गरेका क्रियाक्लापका लागि कुनै पनि खालको आत्मआलोचना गरिन्न ।

शुक्रबार धनगढीमा अनुमोदन खवर डटकमसंगको कुराकानीमा उनले भने चुनावका समयमा उतिबेलाका सबै कुरामा समिक्षा गर्ने समय छैन, समिक्षा गरेको भए को आत्मआलोचित हुनुपर्ने थियो निश्कर्ष निकाल्न मिल्थ्यो होला ।

डा . रावलले धेरै टेलिभिजनसंगको अन्र्तवार्तामा पनि आफूले आत्मआलोचना नगर्ने बताएको प्रसंग उल्लेख गर्दे भने अहिले पनि म त्यही कुरामा अडिग छु ।

अछाममा चुनाव लड्नुहुन्छ त भन्ने प्रश्नमा डा. रावलले भने , म चुनाव लड्न तयार छु यो कुरा धेरै ठाउँमा भनिसकेको छु तर हाम्रा नेताहरुका कुरा सुन्नु भएकै छ, हेर्दे जाउँ के गर्नुहुन्छ । अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि डा. रावलको एकल नाम सिफारिस भएका छ ।

डा. रावल एक साता अछाम बसेर आज काठमाडौ फर्किएका हुन । अछाममा उनल्े एमाले कार्यकर्तासंग भेटघाट र छलफल पनि गरेका थिए ।

नेता रावल गत निर्वाचनमा समेत अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । ०४८ र ०५६ सालमा सो क्षेत्रमा पराजीत रावल ०५१, ०७० र ०७४ को चुनावमा विजयी भएका थिए । ०६४ सालमा पनि उनी संविधान सभाको समानुपातिकतर्फको सभासद थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार