६ चैत्र २०८०, मंगलवार

भीम रावल पार्टीको सम्पर्कमा आउनु पर्ने ओलीको भनाइ



काठमाडौ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेता डा भीमबहादुर रावलका गतिविधी बारे चाँसो राखेका छन्। सोमबारओली निवास बालकोट पुगेका एमाले सुदूरपश्चिमका नेताहरूसँग ओलीले रावलको बारेमा चाँसो राखेका हुन ।

अछाम क्षेत्र नम्बर १ बाट रावलको नाम एकल रुपमा सिफारिस भएको छ तर उहाँ पार्टीको सम्वाद र सम्पर्कमा हुनुहुन्न अध्यक्ष ओलीले सो आसयमा कुरा गरेका थिए ।

मंसिर ४ मा हुने निर्वाचनका लागि एमालेको निर्वाचन क्षेत्र स्तरिय र जिल्ला कमिटीले अछामले क्षेत्र नम्बर १ बाट डा. रावलको नाम मात्र सिफारिस गरेको छ । डा. रावल २०७४ मा त्यही क्षेत्रबाट निर्वाचित भएका थिए।

उनी सोही क्षेत्रबाट २०५१ र २०७० सालमा समेत निर्वाचित भएका थिए। २०४८ र २०५६ सालमा भने रावल पराजित भएका थिए। २०६४ सालमा उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए।

एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले अध्यक्ष ओलीले रावल पार्टीको निर्णय र योजनामा हिँड्नपर्‍यो भन्नु स्वाभाविक भएको बताए ।

पार्टीभित्रको अन्तर संघर्षमा अन्तिम समयमा माधव नेपालको साथ छाडेका रावलले दसौं महाधिवेशनमा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरेका थिए। एमाले अध्यक्ष ओलीले पार्टी सल्लाहकारमा नियुक्त गरे पनि रावलले सो पद अस्वीकार गरेका छन्।

ओलीलाई भेट्न एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम अध्यक्ष चन्द्र बोहरा लगायतका नेताहरु बालकोट पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार