६ चैत्र २०८०, मंगलवार

प्रतिनिधि सभाको समानुपातिकतर्फ सुदूरपश्चिममा कांग्रेसबाट १३ जना




प्रदेश र प्रतिनिधि सभा सदस्य समानुपातिकमा कैलालीको बर्चश्व

धनगढी / आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काँग्रेसले समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशबाट १३ जनालाई उम्मेदवार बनाएको छ । काँग्रेसले समानुपातिकमा सुदूरपश्चिमबाट पाँच जना महिलालाई उम्मेदवार बनाएको छ ।

काँग्रेस स्रोतका अनुसार प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ सुदूरपश्चिमबाट पाँच जना आदिवासी जनजाति र एक जना दलित समुदायबाट प्रतिनिधित्व गरेका छन् ।

समानुपातिकमा सबैभन्दा बढी कैलालीबाट ६ जना परेका छन् । त्यस्तै, अछाम र कञ्चनपुरबाट २/२ र बझाङ, बाजुरा र दार्चुलाबाट एक/एक जना उम्मेदवार रहेका छन् ।

काँग्रेसले सुदूरपश्चिमबाट प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ केन्द्रीय सदस्य आरजु राणा देउवा (कैलाली), नरेशबहादुर सिंह (बझाङ), लोकराज अवस्थी (कञ्चनपुर), भरतकुमार स्वाँर (अछाम), जनकबहादुर बम (कैलाली), केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट (कैलाली), विद्या कुमारी तिमिल्सेना (बाजुरा), खेम डगौरा थारु (कैलाली), केन्द्रीय सदस्य जीवन कुमारी राना (कैलाली), रामकुमारी चौधरी (कञ्चनपुर), ललितसिंह बोहरा (दार्चुला), टेकबहादुर नामजालीमगर (कैलाली), र डम्मर सुनार (अछाम) लाई उम्मेदवार बनाएको छ ।

कैलाली काँग्रेसका सचिव नृपबहादुर सुनारले प्रतिनिधि सभा सदस्य समानुपातिक सूचीमा सुदूरपश्चिम प्रदेशबाट १३ जना समेटिनु संख्यात्मक रुपमा राम्रो सहभागिता रहेको टिप्पणी गरे ।

त्यस्तै, काँग्रेसले सुदूरपश्चिम प्रदेश सभा सदस्य समानुपातिकतर्फको बन्द सूचीमा कैलालीबाट आठ जनालाई उम्मेदवार बनाएको छ ।

५३ सदस्यीय प्रदेश सभामा समानुपातिकतर्फ २१ जना रहने व्यवस्था छ । कैलालीमा प्रदेशमा सबैभन्दा बढी १० प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।

प्रदेश सभामा कैलालीबाट समानुपातिकतर्फ गणेशबहादुर देउवा, वीरबहादुर हमाल, डम्मरी महरा, तुलसी देवकोटा, आशाराम चौधरी, रामकुमारी चौधरी, ललिता सुनार र सुशीला विकलाई उम्मेदवार बनाइएको छ ।

हेर्नुस कांग्रेसको प्रदेशतर्फको समानुपातिक सूची

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार