३ जेष्ठ २०८१, बिहीबार

अछाममा पहिरोमा परेर मृत्यु हुने संख्या २१ पुग्यो




अछाम/ तीन दिनदेखिको अविरल वर्षाका कारण शनिबार राति अछामका चार स्थानमा सर्वसाधारणका घर भत्किदा २१ जनाको मृत्यु भएको छ । भने पहिरोमा परेर अझै दुई जना वेपत्ता भएका छन् ।

तुर्माखाँद गाउँपालिका–५ नाडामा आठ, कमलबजार नगरपालिका–६ विरपथमा सात कमलबजार नगरपालिका–८ ढाँकुको डुँगालामा पाँच र ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा एक जना गरेर २१ जनाको मृत्यु भएको हो ।

तुर्माखाँद गाउँपालिका–५ नाडामा घर पुरिएपछि पहिरोमा परेर हराएकाहरुको नामावली
नेत्र शाही ४५ वर्ष , मनिषा शाही ३५ वर्ष , विमला शाही १७ वर्ष, जानकी शाही १६ वर्ष, कल्पना शाही १७ वर्ष , करिष्मा शाही एक वर्ष , भावना शाही २० वर्ष र मेलिना शाही तीन वर्ष ।

कमलबजार नगरपालिका–६ विरपथमा मर्नेहरुको नामावली
३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामी ।

कमलबजार नगरपालिका–८ ढाँकुको डुँगालामा मर्नेहरुको नामावली
२६ वर्षीय गंगे दमाई, २३ वर्षीया भना दमाई, सात वर्षीया डिक्रा दमाई, चार वर्षीया कल्पना दमाई र तीन वर्षीया सृष्टी दमाई ।
यस्तै ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा पहिरोले घर पुरिएर दुई वर्षीया नविन बुढाको मृत्यु भएको छ ।

वेपत्ता हुनेहरुको नामावली
ढकारी गाउँपालिका–१ ढकारीमा खोलाले बगाउँदा मोती बुढा र तुर्माखाँद गाउँपालिका–५ नाडाका १३ वर्षीया सुन्दर शाही हालसम्म पनि वेपत्ता छन् ।

कमलबजार नगरपालिका–६ विरपथमा घाइते हुनेहरु
घाइते भएका भक्त कामी, इन्द्र कामी, डिक्रा कामी, कल्पना कामी, ममता कामी, सफलता कामी, सुशील कामीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा घाइते भएकाहरु
घाइते ६५ वर्षीय हर्क बुढा, २५ वर्षीय चन्द्रादेवी बुढा, १२ वर्षीया धर्म बुढालाई उद्धार गरेर हेलिकप्टरमार्फत सुर्खेत पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार