२४ बैशाख २०८१, सोमबार

अछाममा बाढी पहिरोबाट मर्नेको संख्या १७ पुग्यो, आठ जना अझै बेपत्ता




अछाम/ अछामको तुर्माखाद गाउँपालिका, र कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा बाढी तथा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।

पछिल्लो विवरण अनुसार तुर्माखाद गाउँपालिकामा चार जना, कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीखादमा सात जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा पाँच जना र ढकारी गाउँपालिकामा एक जना गरेर १७ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार १७ जनाको शव भेटिए पनि अझै ६ जना बेपत्ता रहेका छन् ।
नेपाली सेनाको हेकिकोप्टरद्वारा बाढी तथा पहिरोमा घाइते भएका ११ जनाको उद्धार गर्ने तयारी भइरहेको छ ।

उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगिने तयारी भइरहेको जिल्ला प्रशासन कार्यलय अछामले जानकारी दिएको छ ।
यसैवीच नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले अछाममा उद्धार तथा राहत कार्यका जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार