२२ बैशाख २०८१, शनिबार

जहाज ल्याण्ड हुनेबेला धनगढी विमानस्थमा स्याल आएपछि



धनगढी / धनगढी विमानस्थलमा स्याल छिरेपछि सौर्यको जहाज अवतरण दुई मिनेट ढिला भएको छ ।

काठमाडौबाट आएको सौर्यको जहाज स्यालका कारण शुक्रबार मध्यान्ह दुई मिनेट ढिला अवतरण भएको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताए।

स्याल देखिएपछि सो जहाज आकाशमा दुई मिनेट उडिरेहेको थियो । धनगढी विमानस्थलमा पटकपटक स्याल देखिने गरेका छन् ।

विहानैदेखि धनगढीमा पानी परिरहेको भए पनि हवाइ जहाज अवतरणमा कुनै समस्या भएको छैन ।

धनगढीमा सौर्य, श्री र बुद्धका गरेर दैनिक सातवटा उडान हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार