२४ बैशाख २०८१, सोमबार

भूकम्पमा आधारित प्रभाव आँकलन कार्यशाला गोष्ठी



धनगढी / सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा मंगरबार धनगढीमा सुदूरपश्चिम प्रदेशको परिदृश्यः भूकम्पमा आधारित प्रभाव आँकलन कार्यशाला गोष्ठी भएको छ ।

नेपाल रेडक्रम सोसाइटी, यूएनडीपी, यूएन वमेन, यूएनसीआरओ, धनगढी उपमहानगनरपालिकाको सहकार्यमा भएको कार्यक्रमको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रणबहादुर रावलले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा उनले प्रदेश सरकारले विपद व्यवस्थापनका लागि विषयगत क्षेत्र बनाएर काम गरिरहेको जानकारी दिए । उनले विपद न्यूनीकरणका लागि सबै सरोकारवाला निकाय टीम बनाएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा भूगर्भविद् डाक्टर दीपक चौलगाईले भूकम्पीय जोखिम न्यूनीकरणका लागि आपतकालीन, मध्यमकालीन तथा दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयके उपसचिव विश्वदीप वेस्राले प्रदेशमा विपद व्यवस्थापनका अवस्थाबारे जानकारी गराएका थिए भने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी जिल्लामा हुने विपदमा जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, रेडक्रमलगायतका संस्थासँग समन्वय गरी काम गरिरहेको जानकारी गराएको थिए । त्यस्तै, धनगढी उपमहानगरपालिकाका विपद शाखा प्रमुख लेखनाथ ओझाले विपद व्यवस्थापनका लाग नीतिगत कार्यविधि बनाएर धनगढीले काम गरिरहेको बताए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले विपद व्यवस्थापनको पूर्वतयारीमा लाग्नु पर्ने बताएकी थिइन् । उनले उद्धार गर्दा लक्षित वर्गलाई छुट्याएर वितरण गर्नुपर्ने बताएकि थिइन् ।

त्यस्तै, यूएनसीआरओका तेजमाया डंगोलले विपदका बेला महिला तथा बालबालिकालाई यौन शोषण तथा दुव्र्यवहार हुनबाट संरक्षण गर्नुपर्ने बताएकि थिइन ।

कार्यक्रममा नेपाल रेडक्रम सोसाइटीका लोकराज जोशी, मनिषराज तिमिल्सिना, चेतन साउँद, कृष्ण चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव गगन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्त्रालयका विष्णुदत्त अवस्थी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार