२३ बैशाख २०८१, आईतवार

कैलाली ५ बाट रानाको एकल नाम सिफारिस



नारदमुनी राना

धनगढी / नेकपा (एमाले) को कैलाली क्षेत्र नम्बर ५ स्तरिय संघीय निर्वाचन समन्वय कमिटीले प्रतिनिधि सभा सदस्यका लागि वर्तमान प्रतिनिधि सभा सदस्य नारदमुनी रानाको एकल नाम सिफारिस गरेको छ ।

यस्तै एमालेले प्रदेश सभा क स्तरिय कमिटीले अहिलेका प्रदेश सभा सदस्य नेपालु चौधरी, यज्ञराज बास्तोला, राजेश खाती, तुलसी गौतम, विष्णु चन्द र सिताराम बुढाथोकीको नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रदेश ख मा भने कार्यबहाक जिल्ला अध्यक्ष दुर्गा जोशी, विनय शाह, डिल्लीराज जोशी, यज्ञ ढुंगाना, चुडामणी भट्ट र सानु साउँदको नाम सिफारिस गरेको प्रदेश ख का निर्वाचन समन्यव कमिटीका सचिव किशोर शाहले बताए । ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार