२४ बैशाख २०८१, सोमबार

अछाम १ बाट डा. रावल एकल उम्मेदवार सिफारिस



CPN-UML Vice-Chairman Bhim Rawal

धनगढी / नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा भीमबहादुर रावल आगामी प्रतिनिधि सभाको सदस्यका निर्वाचनका लागि अछाम क्षेत्र नम्बर १ बाट एकल उम्मेदवारका रुपमा सिफारिस भएका छन् ।

एमालेको अछाम निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन समन्वय कमिटीको आइतबार सॅाफेबगरमा बसेको बैठकले डा. रावलको नाम एकल उम्मेदवारकारूपमा सिफारिस गरेको हो ।

सो सिफारिस जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीसम्म पुगेपछि उम्मेदवार हुने सवालले अन्तिमरुप पाउने व्यवस्था एमालेले गरेको छ ।

रावलले ०७० र ०७४ को चुनाव लगाताररुपमा जित्दै आएका छन् । त्यसअघि पनि ०५१ सालमा उनी अछाम १ बाटै निर्वाचित भएका थिए ।

०४८ र ०५६ को चुनावमा भने उनी पराजित भएका थिए । ०६४ को संविधान सभा सदस्यको चुनाव भने उनी लडेनन् । रावल त्यतिवेला समानुपातिक प्रणालीबाट संविधान सभा सदस्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार