२० बैशाख २०८१, बिहीबार

अबको चुनावबाट एमालेको सरकारः महासचिव पोखरेल



बैतडी / नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने दावी गरेका छन् ।

विहीबार बैतडीको पाटनमा आयोजित कायकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले मङ्सिर ४ गतेको निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गरेर आएपछि पाँच दलीय गठबन्धनको सरकार नहुँने दाबी गरे ।

उनले भने,“ एमालेको सरकार बनाउन एकजना कार्यकर्ताले सात वटा भोटको जिम्मा लिनुपर्छ । भोट कम भएका ठाउँमा माओवादी र समाजवादीका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गर्न आह्वान गर्नुपर्छ । ”

मङ्सिरपछि पनि पाँच दलीय गठबन्धको सरकार बन्ने अवस्था आयो भने देशको भविश्य अन्धार हुने टिप्पणी गर्दै पोखरलले मङ्सिर ४ गतेको निर्वाचनमा मतको सुरक्षा गर्न हरेक बुथमा युवा दस्ता तयार गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिए ।

एमालेको सरकार बनेपछि वृद्धभत्ता पाँच हजार पुर्याउने भन्दै उहाँले मनमोहनको पालामा एकसय रुपियाँबाट सुरु भएको बृद्धभत्ता एमालेकै पालामा चार हजार पुगेको छ अब, पाँच हजार भत्ता पुर्याउछौ भने ।

कार्यकर्ता प्रक्षिण कार्यक्रममा सम्बोधन गर्ने क्रममा पोखरलेले अधिकांश समय गठनबन्द सरकारको चर्को आलोचनामै खर्च गरे । नेपालमा राजनीतिक धु्रविकरणको आवश्यकता रहेको बताउदै जति धेरै दल बन्यो त्यति धेरै विचलन आएकाले अन्य दलका नेता कार्यकर्तालाई एमालेको झण्डामुनि गोलबन्ध हुन आह्वान गरे ।

महासचिव पोखरेलले एमाले मात्रै राष्ट्रवादी शक्ति भएकाले एसपीपी सम्झौता एमालेका कारण रोकिएको दाबी गरे । उनले गठबन्धन सरकारले देश र जनताका लागि काम गर्न नसक्ने भएकाले मंसिर ४ को चुनावमा राष्ट्रिय हित गर्ने पार्टी एमालेलाई जिताउनुपर्छ भने ।

उनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा चुच्चे नक्सा संसदबाट पास भएर आएपछि अहिलेको सरकारले चुच्चे नक्सा हटाउँदै हिँडेको आरोपसमेत लगाए ।

सुदूरपश्चिको विकासका बारेमा बोल्दै महासचिव पोखरेलले महाकाली करिडोर, मध्यपहाडी लोकमार्गको सुरुवात र सुदूरपश्चिमका आठ वटा विमानस्थल कोलोपत्रेको काम एमालेको पालामा भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार