२० बैशाख २०८१, बिहीबार

एमाले अध्यक्ष ओलीको दाबी– आगामी निर्वाचनमा जनताले बहुमत दिन्छन्




महेन्द्रनगर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले पूर्ण बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । उनले नेपाली जनताले एमालेलाई नै शासनसत्ता दिन चाहेकोे समेत दाबी गरे ।

“जनताले यो सत्ता गठबन्धनलाई पत्याएका छैनन्” बुधबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले भने– त्यसैले अबको निर्वाचनमा नेपाली जनताले एमालेलाई कम्तिमा एक सय ५० सिटमा विजयी गराउनेछन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पाँच दलीय सत्ता गठबन्धनले देश र जनताको चिन्ता नगरेको आरोप लगाए । उनले भने– उनीहरु आफ्नो स्वार्थमा मात्रै मग्न छन् । देश र जनताको कुनै चिन्ता छैन ।

अध्यक्ष ओलीले देशको विकास, राष्ट्रियताको रक्षा तथा नेपालले गुमाएको लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्ने एमाले मात्रै हो भन्ने विश्वास गरेर नै जनताले साथ दिने दाबी गरे ।

‘यो पाँच दलीय सत्ता गठबन्धनले जितेमा देशले हार्नेछ । मुलुकको विकास र समृद्धि हार्नेछ” उनले पाँच दलीय गठबन्धनको सरकार राष्ट्रियताको रक्षा, विकास र समृद्धिका पक्षमा असफल भइको र शक्ति राष्ट्रहरुसामु निरिह बनेको आरोप लगाए ।

पूर्व प्रधानमन्त्री ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमिमै भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रष्ट रुपमा भन्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार