२४ बैशाख २०८१, सोमबार

२० लाख खर्च गरिएको स्वास्थ्यको अधुरो भवन



धनगढी / सुबेडा स्वास्थ्य चौकीको भवन विगत केही वर्षदेखि अलपत्र अवस्थामा छ । जयपृथ्वी नगरपालिकाको वडा नम्बर ७ स्थित सुबेडा स्वास्थ्य चौकीको दुई कोठे भवन निर्माणका लागि वीस लाख रकम विनियोजित भएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा सामाजिक विकास मन्त्रालयले सो रकम विनोजन गरेको हो । वीस लाख रकम खर्चेर पनि भवन अधुरो रहेको छ । सो भवन निर्माणका लागि वडा कार्यालयले निर्माण समिति गठन गरेर सो भवन निर्माण गरिएको थियो ।

जनप्रतिनिधिले अलग्गै निर्माण समिति गठन गरेर कार्य गरिएकोमा स्वास्थ्य चौकीको कुनै सरोकार नरहेको स्वास्थ्य चौकी प्रमुख बिनोद खड्काले जानकारी दिएका छन् ।

कार्यालयमा सेवा सञ्चालन गर्न स्वास्थ्य चौकीलाई भवन अभाव रहेका बेला तत्कालिन स्वास्थ्य चौकी व्यवस्थापन समिति र निर्माण समितिको मिलोमतोमा भवन निर्माणमा आएको रकम सदुपयोग नगरेर भवनलाई अधुरो राखेका हुन ।

वीस लाखमा दुई कोठे भवन समेत बनाएन अब निर्माण गर्नलाई बजेटको जोहो गर्न लागेको वडाअध्यक्ष एवम् स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शिवराज जोशीले बताएका छन् ।

तत्कालिन अध्यक्ष र समितिको लापारबाहीका कारण भवन अधुरो राखेको स्थानीयको आरोप छ । स्वास्थ्य चौकीमा प्रसुति गृहका लागी भवन अभाव भएको अनमी राधा रानाले बताइन ।

कार्यालयलाई भवन अभाव रहेका बेला यसरी आएको रकम सदुपयोग नहुँदा सेवा प्रवाहका लागि कठिनाइ भइरहेको छ । साँघुरो र कच्ची भवनमा सुत्केरीलाई सेवा दिदा निकै जोखिम रहेको अनमी रानाले बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार