२० बैशाख २०८१, बिहीबार

बुहारीले सासू कुटिरहेको भिडिओ खिच्ने बालकलाई प्रहरीले गर्‍याे सम्मान



पञ्चदेवल विनायक नगरपालिका वडानम्बर ६ की अन्दाजी ५३ वर्षीय जैसरा न्यौपानेलाई कुटपिट गरिरहेको भिडिओ खिचेर सार्वजनिक गरेका ११ वर्षीय बालक दीपेन्द्र न्यौपानेलाई प्रहरीले सुदरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलमार्फत सम्मान गरेको हो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
बुहारीले सासू कुटिरहेको भिडिओ खिच्ने बालकलाई प्रहरीले गर्‍याे सम्मान

धनगढी/ अछाममा दुई बुहारीहरुले सासूमाथि अमानवीय व्यवहार गर्दै कुटपिट गरेको भिडिओ खिच्ने बालकलाई प्रहरीले सम्मान गरेको छ।

पञ्चदेवल विनायक नगरपालिका वडानम्बर ६ की अन्दाजी ५३ वर्षीय जैसरा न्यौपानेलाई कुटपिट गरिरहेको भिडिओ खिचेर सार्वजनिक गरेका ११ वर्षीय बालक दीपेन्द्र न्यौपानेलाई प्रहरीले सुदरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलमार्फत सम्मान गराएको हो ।

उनले खिचेको भिडिओकै कारण पीडकलाई कानुनी कारबाही अघि बढाउन मद्दत मिलेको भन्दै सम्मान गरिएको हो। प्रष्टसँग बोल्न नसक्ने जैसरामाथि घरायसी विषयलाई लिएर अभद्र व्यवहार गर्दै दुवै बुहारीले कुटपिट गरेका हुन्।

कुटपिट गरेको आरोपमा पक्राउ परेकी उनकी बुहारी ३० वर्षीय देवसरा न्यौपाने र ३५ वर्षीय धर्मा न्यौपानेविरुद्ध अमानवीय व्यवहारको मुद्दा दर्ता गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार